नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार रकम तीन अर्ब १९ करोड भन्दा माथि
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
275
Shares
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्सेका अनुसार आज परिसूचक १.६४ अङ्कले घटेर दुई हजार ७११.२२ बिन्दुमा कायम भएको छ । आज ३३६ कम्पनीको ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर ४७ हजार ८४१ पटक खरिद बिक्री हुँदा रु तीन अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बिमा र अन्य समूहको उपसूचकमा वृद्धि देखिएको छ ।
अर्कोतर्फ विकास बैंक, जलविद्युत्, जीवन बिमा र उत्पादन तथा प्रशोधन समूहको उपसूचकमा भने गिरावट आएको छ । आज फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै १३.७४ प्रतिशतले बढेको छ भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ८.९० प्रतिशतले घटेको छ ।