कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट शुरू हुँदै
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २६ शनिबार
2.6k
Shares
धनगढी । नेपाली कांग्रेसको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आजदेखि सुदूरपश्चिमको धनगढीबाट शुरू हुँदैछ ।
चुनावी समीक्षा कार्यक्रममा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत कांग्रेसका पदाधिकारीको सहभागिता रहने सहमहामन्त्री प्रकाश रसाइलीले बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका सांसद, पराजित उम्मेद्वार, प्रदेश सभा सदस्य, स्थानीय जनप्रतिनिधको सहभागिता रहने रसाइलीले बताए ।
कांग्रेसले समीक्षासँगै आगामी कार्यदिशा पनि तय गर्ने उनको भनाइ छ ।
समीक्षा कार्यक्रम धनगढीको सौराई ब्याङ्केटमा हुँदैछ ।