शिक्षा परिषद्ले गर्यो ९० वर्ष पार गरेका वरिष्ठ वाङ्मयसेवीहरूलाई अभिनन्दन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
401
Shares
काठमाडौँ । नेपाली शिक्षा परिषद्ले आफ्नो अमृत महोत्सव वर्ष ८३ का अवसरमा नौ दशक उमेर पार गरेका विशिष्ट नेपाली वाङ्मयसेवीहरूको विशेष अभिनन्दन गरेको छ। नेपाली भाषा, साहित्य तथा शिक्षाका क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका वरिष्ठ स्रष्टाहरूलाई सम्मान गर्न परिषद्ले यस कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा परिषद्का अध्यक्ष रमा शर्माले नेपाली साहित्य र वाङ्मयको विकासमा अग्रज स्रष्टाहरूले पुर्याएको योगदान अविस्मरणीय रहेको बताए। उनले परिषद्द्वारा यस्ता व्यक्तित्वलाई सम्मान गरिनु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा पनि अभिनन्दन परम्परालाई निरन्तरता दिने जानकारी दिए।
यस पटक अभिनन्दित हुने व्यक्तित्वहरूमा दिव्य शताब्दी पुरुष डा. गौरीशङ्कर लाल दास, भद्राकुमारी घले, मीर्गेन्द्रराज पाण्डे, डा. महेश्वर शर्मा, चेतोनाथ शर्मा आचार्य, शङ्करराज पाठक, द्वारिका श्रेष्ठ, तेजेश्वरबाबु ग्वंगः तथा हरिराम जोशी रहेका छन्।
कार्यक्रममा साहित्यकार, शिक्षाविद्, समाजसेवी तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। सहभागीहरूले वरिष्ठ वाङ्मयसेवीहरूको योगदान नेपाली भाषा, साहित्य र संस्कृतिका लागि सधैँ प्रेरणादायी रहने धारणा व्यक्त गरे।