arrow

देशभर बदली र वर्षाको सम्भावना, तराईमा तातो दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै देशको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ। 

यस मौसमी प्रणालीका कारण आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

यसैगरी आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। 

साथै मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा समेत मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्ने देखिन्छ। यो समयमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा भने मौसम तातो रहने अर्थात् तातो दिन हुने सम्भावना छ।

रातिको समयमा देशभर साधारणतया बादल लाग्नेछ। रातको समयमा बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। 

यसका साथै राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भाग तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा तीव्र हावाहुरी चल्ने सम्भावनासमेत रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ