arrow

सुनसहित सुर्खेतबाट व्यापारी अग्रवाल पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
pakrau9.jpg

काठमाडौँ ।  सुर्खेत प्रहरीले करिब ३ करोड रुपैयाँ बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकै रहेको ‘शिव ईम्पोरियम’ पसलबाट सुनचाँदीका गहनासहित अग्रवाललाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धी जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले दिए।

प्रहरीका अनुसार व्यापारी अग्रवालको साथबाट विभिन्न दरका २ लाख १९ हजार ५०० नेपाली रुपैयाँ र ८ लाख ११ हजार ९०० भारतीय रुपैयाँ बरामद गरिएको छ।

यसका साथै नगद रुपैयाँ गन्न प्रयोग गरिने १ थान मेसिन तथा विभिन्न किसिमका सुन र चाँदीका गरगहना राखिएका १८५ थान बट्टा (पोका) र डिब्बाहरू बरामद भएका छन्। बरामद गरिएका यी सुनचाँदीका गरगहनाहरूको अनुमानित मूल्य ३ करोड रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यापारी अग्रवालमाथि अहिले थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ