क्रिप्टोकरेन्सी कारोबार र ठगी अभियोगमा डा. यादव पक्राउ
३० हजार डलर र १७ थान मोबाइल बरामद
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
726
Shares
काठमाडौँ । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षीय डा पप्पुकुमार यादवलाई पक्राउ गरेको छ। उनको साथबाट ३० हजार अमेरिकी डलर र १७ थान मोबाइल समेत बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धनुषाको हंशपुर नगरपालिका–४ का स्थायी बसोबासी डा। यादव हाल भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा एक घरको कोठा भाडामा लिएर बस्दै आएका थिए। भरतपुरकै एक अस्पतालमा कार्यरत उनले अवैध क्रिप्टोकरेन्सीको नेटवर्क चलाउँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा उनको मोबाइल तथा अन्य विद्युतीय उपकरणहरू परीक्षण गर्दा वाइनान्स र बाइविटजस्ता नेपालमा प्रतिबन्धित एप्लिकेसनहरू प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय तथा कारोबार गरिरहेको फेला परेको छ।
डा। यादवले हालसम्म के–कति व्यक्तिबाट कति रकम ठगी गरे भन्नेबारे विस्तृत स्रोत खुल्दै गएको र थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषण यादवले जानकारी दिएका छन्।