arrow

कालीमाटी बजारमा तरकारी र फलफूलको भाउ कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
vegetables-tarkari-2082.jpg

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। 

आजका लागि नेपाली ठूलो गोलभेँडाको अधिकतम थोक मूल्य प्रतिकिलो रु ६५ र भारतीय ठूलो गोलभेँडाको रु ८० तोकिएको छ। यस्तै, सानो लोकल गोलभेँडा प्रतिकिलो रु ३० र टनेलको सानो गोलभेँडा रु ४५ कायम भएको छ। आलु रातो (लाम्चो) प्रतिकिलो रु ३५, आलु रातो (गोलो) रु ३२ र सुकेको भारतीय प्याज प्रतिकिलो रु ४३ मा कारोबार भइरहेको छ।

लोकल गाजर र स्थानीय काउलीको मूल्य क्रमशः रु ८० र रु ९० प्रतिकिलो तोकिएको छ। लोकल बन्दा रु ६०, हाइब्रिड सेतो मूला रु २२, लाम्चो भन्टा रु ५० र डल्लो भन्टा रु ६० कायम गरिएको छ।

घिउ सिमी (लोकल) रु ८०, हाइब्रिड घिउ सिमी रु ९० र राजमा सिमी रु १३० तोकिएको छ। यस्तै तने बोडी रु १००, मकै बोडी रु ८०, टाटे सिमी रु १३०, मटर कोसा रु २००, भटमास कोसा रु १५० र तीते करेला रु ६० प्रतिकिलो रहेको छ। लौका रु ८५, लोकल परवर रु ७०, चिचिण्डो रु ५०, घिरौँला रु ८०, झिगुनी रु ७०, पाकेको फर्सी रु ६०, हरियो लाम्चो फर्सी रु ७०, डल्लो हरियो फर्सी रु ६०, भिन्डी रु ५०, सखरखण्ड रु ८०, पिँडालु रु ४० र स्कुस रु ८० प्रतिकिलो निर्धारण गरिएको छ।

सागपाततर्फ रायो र तोरीको साग क्रमशः रु ८० र रु ७० मा पाइनेछ। पालुङ्गो र चमसुरको साग समान रु ९०, मेथीको साग रु ७० र हरियो प्याज रु १२० प्रतिकिलो तोकिएको छ।
च्याउ विधामा सिताके च्याउ सबैभन्दा महँगो अर्थात् प्रतिकिलो रु १,००० कायम भएको छ। डल्ले च्याउ रु ४५०, राजा च्याउ रु ३२० र कन्य च्याउ रु २५० तोकिएको छ।

यस्तै, कुरिलो प्रतिकिलो रु ३५०, न्युरो रु ९०, ब्रोकाउली रु १४०, चुकन्दर रु ६०, सजीवन रु १२०, रातो बन्दा रु ५०, जिरीको साग रु १००, सेलरी रु १३०, पार्सले रु २२०, सौफको साग रु ९०, पुदिना रु १२०, गान्टेमूला रु ६०, इमली रु २००, तामा रु १४०, तोफु रु १६० र नेपाली गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ।

स्याउ (फुजी) प्रतिकिलो रु ३०० मा थोक बिक्री भइरहँदा केरा नेपाली प्रतिदर्जन रु २०० र मालभोग केरा रु २२० तोकिएको छ। कागती प्रतिकिलो रु २२०, अनार रु ४२०, मालदह आँप रु १२०, दशहरी आँप रु १३०, हरियो तरबुजा रु ४५ र भुइँकटहर रु २०० रहेको छ। काँक्रो लोकल रु ९०, हाइब्रिड काँक्रो रु २५, लोकलक्रस काँक्रो रु ८०, रुखकटहर रु ५०, चाइनिज नासपाती रु १६०, नेपाली मेवा रु ९० र भारतीय मेवा रु १०० तोकिएको छ। लिची लोकल रु २५०, भारतीय लिची रु ३००, काँचो नरिवल प्रतिकिलो रु ८० र हरियो नरिवल प्रतिगोटा रु १८० कायम छ।

अदुवा प्रतिकिलो रु १३० र सुकेको खुर्सानी रु ४५० तोकिएको छ। हरियो लाम्चो र बुलेट खुर्सानी समान रु ५०, माछे खुर्सानी रु ७० र हरियो अकबरे खुर्सानी प्रतिकिलो रु ३५० रहेको छ। भेडेखुर्सानी रु ८०, हरियो लसुन रु १९०, हरियो धनियाँ रु १२०, चाइनिज सुकेको लसुन रु २२० र नेपाली सुकेको लसुन रु १८० तोकिएको छ।

माछातर्फ सुकेको माछा प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) रु ३४०, ताजा माछा (बचुवा) रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ