arrow
ADVERTISEMENT

सभापति थापा भन्छन् – महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
gagan-thapa-22-02.jpg
तस्बिर : फाइल

चितवन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनका विषयमा पार्टीका नेतासँग भेट्ने र संवाद गर्ने काम भइरहेको बताएका छन् । 

आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टी उपसभापति विश्वप्रकाश शर्माले नेताहरूसँग कुराकानी गरिरहेको जानकारी दिए ।

संस्थापनइतर समूहका नेता पूर्णबहादुर खड्कालाई भेट नदिनुभएको हो ? भन्ने प्रश्नमा उनले पार्टीका नेतासँग भेट्ने, संवाद गर्ने काम आफू र अन्य साथीले  गरिरहेको बताए ।

पार्टी सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको बताउँदै, १४औँ महाधिवेशनको भन्दा धेरै क्रियाशील सदस्यता हुने दाबी गर्नुभयो । सभापति थापाले पार्टी कुनै हालतमा विभाजन नहुने बताए । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ