arrow
ADVERTISEMENT

विश्वकप फुटबल विजेतालाई कति पुरस्कार ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
worldcup-football-trophy-2026-ppp.jpg

काठमाडौँ । सन् १९३० देखि शुरू भएको विश्वकप फुटबलको पछिल्लो संस्करण शुरू भएको छ । अमेरिका, क्यानाडा र मेक्सिकोको संयुक्त आयोजनामा शुरू भएको विश्वकप फुटबलमा पहिलो पटक सबैभन्दा धेरै ४८ प्रतिस्पर्धी देश छन् । 

चार टिम नयाँ छन् । केही टिमले लामो समयको अन्तरालपछि विश्वकपमा स्थान बनाएका छन् । 

अहिलेसम्म केबल आठ राष्ट्रले मात्र उपाधि जितेका छन् । जसमा सर्वाधिक सफल ब्राजिलले ५ पटक उपाधि जितेको छ । 

जर्मनी र ईटालीले समान ४ पटक उपाधि जितेका छन् । सन् २०२२ को विजेता अर्जेन्टिनाले तीन पटक उपाधि चुमेको छ । 

फ्रान्स र उरुग्वेले समान दुई पटक उपाधि जित्दा स्पेन र इङ्गल्याण्डले एक पटक उपाधि उचालेका छन् । 

यसपटक पनि यिनैमध्ये कसैले उपाधि जित्ने अनुमान भइरहेको छ । यद्यपि राष्ट्र र क्लब फुटबलमा विश्वकै शीर्ष स्थानमा रहेका पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डोले अहिलेसम्म उपाधि चुमेका छैनन् । 

यदि रोनाल्डोले विश्व फुटबलबाट संन्यास लिनुपूर्व उनको हातमा पनि विश्वकपको ट्रफी होस् भन्ने कामना धेरैको छ । 

कति छ पुरस्कार राशि ?

त्योसँगै यसपटक पुरस्कार राशिसमेत बढाइएको छ । यसपालिको विश्वकपमा ६५५ मिलियन अमेरिकी डलर पुरस्कार बाँडिने भएको छ । यो पुरस्कार राशि गत सन् २०२२ को कतार विश्वकप भन्दा ५० प्रतिशत बढी हो । 

विश्वकप विजेताले ५० मिलियन अमेरिकी डलर जित्नेछ । उपविजेताले ३३ मिलियन डलर जित्नेछ । 

तेस्रो हुनेले २९ मिलियन तथा चौथो हुनेले २४ मिलियन अमेरिकी डलर पुरस्कार पाउने छ । 

पाँचौँदेखि आठौँ स्थानमा रहने टिमहरूले १७ मिलियन डलर पाउने छन् भने नवौँदेखि १६ औं स्थानमा रहनेले करिब साढे १३ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

१७ देखि ३२ औँ स्थानमा रहनेले करिब १० मिलियन अमेरिकी डलर पाउने छन् । 

३३ देखि ४८ औँ स्थानमा रहनेले ८ मिलियन डलर पाउने छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ