arrow

सार्वजनिक लेखा र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
lekha-samitip083.jpg

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका दुई वटा महत्वपूर्ण संसदीय समितिको बैठक बस्ने भएको छ। आज सार्वजनिक लेखा समितिको सातौँ बैठक र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको पाँचौँ बैठक बस्न लागेको हो। बैठकहरूमा देशको वित्तीय अनुशासन र हवाई सुरक्षा जस्ता संवेदनशील विषयहरूमा केन्द्रित रहेर छलफल हुने कार्यसूची तय गरिएको छ।

बिहान ८:३० बजे सार्वजनिक लेखा समितिको सातौँ बैठक बस्नेछ। उक्त बैठकमा विभिन्न सरकारी निकायका लेखा उत्तरदायी अधिकृत (मन्त्रालयका सचिव तथा कार्यालय प्रमुख) हरूलाई आमन्त्रण गरिएको छ। बैठकमा सरकारी निकायहरूमा आर्थिक अनुशासन कायम गर्ने र बर्सेनि बढ्दै गइरहेको बेरुजुलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा सरोकारवाला अधिकारीहरूसँग विस्तृत छलफल गरिने कार्यसूची रहेको छ।

यसै गरी, बिहान ९:०० बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पाँचौँ बैठक बस्ने तय भएको छ। यस बैठकमा देशका तीन वटा प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलहरू (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा) को वर्तमान सञ्चालन अवस्था र तिनलाई पूर्ण क्षमतामा चलाउने योजनाबारे समीक्षा हुनेछ।

बैठकको अर्को मुख्य एजेन्डा नेपालको हवाई उड्डयन क्षेत्रलाई युरोपियन युनियन को हवाई सुरक्षा चासोको सूची (कालोसूची) बाट हटाउने सन्दर्भमा केन्द्रित रहनेछ। नेपाली विमानहरूलाई युरोपको आकाशमा लागेको प्रतिबन्ध फुकुवा गराउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म गरेका प्रयास, प्रगति र भावी तयारीबारे बैठकमा गहन छलफल हुने कार्यसूची छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ