arrow

बस-मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
accident-29-02.jpg

पोखरा । मुस्ताङमा बिहीबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मुक्तिनाथबाट पोखरातर्फ आउँदै गरेको ग २ ख ८३ नम्बरको यात्रुवाहक बसले थासाङ गाउँपालिका-३ लेतेबाट टुकुचेतर्फ आउँदै गरेको ग ७ प ५०२० नम्बरको मोटरसाइकललाई थासाङ-२ कोखेठाँटी नजिक राजमार्गको मोडमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक थासाङ गाउँपालिकाऔ१ टुकुचे बस्ने २८ वर्षीय प्रमाण थकाली गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि प्रदेश अस्पताल जोमसोम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।

सोही घटनामा मोटरसाइकलको पछाडि सवार २५ वर्षीया अपेक्षा थकाली घाइते भएकी छन्। उनलाई प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत थप उपचारका लागि पोखरा ल्या इएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस र बसका चालक पोखरा-३३ बागमारा बस्ने २३ वर्षीय सन्तोष विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ