arrow

सुनको भाउ बढ्दा चाँदीको घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ सामान्य बढ्दा चाँदीको घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्दा चाँदीको २५ रुपैयाँ घटेको छ । 

मूल्य बढेसँगै मंगलबार छापावाला सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको भाउ प्रतितोला दुई लाख ९८ हजार दुई सय रुपैयाँ रहेको थियो ।

यता सोमबार प्रतितोला पाँच हजार १५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ घटेर मंगलबार चार हजार नौ सय ९० रुपैयाँ कायम भएको महासंले जनाएको छ । 

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।

उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ