arrow

बर्डफ्लु देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द [तस्बिररू]

बर्डफ्लुका कारण काग र परेवा मरेको पाइयो, चिडियाखाना आगन्तुकका लागि कम्तीमा दुई सातासम्म

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
sadarchidiyakhana-central-zoo-83-3-5.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लु संक्रमण देखिएको छ । 

बर्डफ्लु देखिएपछि चिडियाखाना भ्रमणमा रोक लगाइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरेको जनाएको छ ।

मुलुकका विभिन्न भागमा बर्डफ्लु फैलिरहँदा चिडियाखानामा पनि पुगेको हो । 

कोषकी प्रवक्ता रचना शाहले चिडियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्डफ्लुको सङ्क्रमण देखिएको बताइन् ।

“चिडियाखानामा बर्डफ्लुका कारण काग र परेवा मरेको पाइयो । पशु चिकित्सक तथा सम्बन्धित विज्ञसँग परामर्श गरिरहेका छौँ”, उनले भनिन्, “अन्य वन्यजन्तुलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा आवश्यक उपाय अवलम्बन गरिएको छ ।”

प्रवक्ता शाहका अनुसार तत्कालका लागि चिडियाखाना आगन्तुकका लागि बन्द गरिएको छ । कम्तीमा दुई सातासम्म बन्द रहने र त्यसपछिको अवस्था विज्ञहरूको सुझाव तथा जोखिम मूल्याङ्कनका आधारमा तय गरिने उनले बताइन् ।

चिडियाखानाभित्र रहेका अन्य जीवजन्तुको स्वास्थ्य अवस्था निगरानी बढाइएको तथा सम्भावित सङ्क्रमण नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाइएको कोषले जनाएको छ । 

sadarchidiyakhana-zoo- (2).jpeg
sadarchidiyakhana-zoo- (3).jpeg
sadarchidiyakhana-zoo- (4).jpeg
sadarchidiyakhana-zoo- (5).jpeg
sadarchidiyakhana-zoo- (6).jpeg
sadarchidiyakhana-zoo- (7).jpeg
sadarchidiyakhana-zoo- (8).jpeg
sadarchidiyakhana-zoo- (9).jpeg
sadarchidiyakhana-zoo- (10).jpeg
sadarchidiyakhana-zoo- (11).jpeg
sadarchidiyakhana-zoo- (12).jpeg
sadarchidiyakhana-zoo- (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ