एनआईसी एशिया बैङ्कद्वारा दार्चुलास्थित हुनैनाथ माध्यमिक विद्यालय बाँज र काठमाडौँस्थित मेरुदण्डिय पक्षाघात समूह नेपाललाई सहयोग
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
112
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली नगरपालिका–३, दार्चुलास्थित श्री हुनैनाथ माध्यमिक विद्यालय बाँज र काठमाडौँस्थित मेरुदण्डिय पक्षाघात समूह नेपाललाई विशेष सहयोग उपलब्ध गराएको छ।
बैङ्कले प्रविधिको पहुँच बिस्तार बढाउँदै विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउने उद्देश्यका साथ उक्त विद्यालयलाई ल्यापटप प्रदान गरेको छ भने मेरुदण्डिय पक्षाघात सम्बन्धी विशेष सेवा उपलब्ध गराइरहेको उक्त संस्थासँग आबद्ध लाभग्राही तथा आवासीय व्यक्तिहरूको दैनिक जीवनयापनमा थप सहयोग होस् भन्ने हेतुले आरओ वाटर प्युरिफायर उपलब्ध गराएको छ।
हाल १३५ भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेको उक्त विद्यालयमा मिति २०८३ आषाढ ३ गते एक विशेष कार्यक्रमका बीच यस बैङ्कका दार्चुला शाखा प्रमुख अरुण सिंह धामीले उक्त विद्यालयका प्रधानाध्यापक वीर सिंह महरलाई एक थान ल्यापटप हस्तान्तरण गरेका छन्।
त्यसै गरी, मेरुदण्ड (स्पाइनल कर्ड) चोटपटक भएका व्यक्तिहरूको सहयोग, पुनर्स्थापना तथा दीर्घकालीन हेरचाहमा कार्य गर्दै आइरहेको मेरुदण्डिय पक्षाघात समूह नेपाललाई मिति २०८३ आषाढ ५ गते विशेष कार्यक्रमका बीच यस बैङ्कका काठमाडौँ नर्थका सर्कल हेड सुदिन कुमार लामा र सीएसआर तथा वित्तीय समावेशीकरण विभागका इन्चार्ज ठाकुर श्रेष्ठले उक्त संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी र महासचिव केशव थापालाई संयुक्तरुपमा आरओ वाटर प्युरिफायर जडान गरी हस्तान्तरण गरे।
बैङ्कले उपलब्ध गराएको सहयोगले उक्त विद्यालयका विद्यार्थीहरूको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै प्रविधिको पहुँचमा सहयोग पुग्ने र मेरुदण्डिय पक्षाघात समूह नेपाललाई उपलब्ध गराएको सहयोगले स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने र स्वास्थ्य तथा सरसफाइमा थप सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।