प्रतिनिधि सभाका सांसदहरूलाई सिंहदरबार भित्रै ‘संसदीय प्रक्रिया र अभ्यास’ सम्बन्धी अभिमुखीकरण
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
189
Shares
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको छ ।
सो कार्यक्रम यही असार १५ र १६ गते सिंहदरबारस्थित सङ्घीय संसद् भवनको निर्माणाधीन उत्तरपश्चिमको सभा हलमा हुनेछ ।
सचिवालयअन्तर्गतको संसदीय प्रशिक्षण शाखाले सूचना जारी गर्दै उक्त अभिमुखीकरणमा उपस्थित हुन प्रतिनिधिसभा सदस्यहरुलाई आग्रह गरेको छ ।
उक्त कार्यक्रम असार १५ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म र असार १६ गते बिहान ११ देखि अपराह्न ३ः३० सम्म सञ्चालन हुने शाखाका उपसचिव बाबुराम बस्यालले जानकारी दिए ।