arrow

टेलिकममा सदस्यता-आधारित नयाँ सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
nepal-telecom-building.jpg

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारको सय दिने कार्यसूचीअन्तर्गत वितरणमा आधारित शासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्दै नेपाल टेलिकमले आजदेखि सदस्यता-आधारित नयाँ सेवा शुरू गर्ने बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत उनले नयाँ व्यवस्थाअनुसार प्रिपेड सेवाग्राहीसहित सबै ग्राहकका लागि विभिन्न मासिक प्याकेज उपलब्ध हुने बताए ।  

एक पटक सदस्यता लिएपछि हरेक महिना पुनः प्याकेज सक्रिय गरिरहनुपर्ने आवश्यकता नरहने उनले बताए । 

नेपाल टेलिकमले नयाँ सदस्यता-आधारित प्याकेज तथा यसको शुल्क, सुविधा र अन्य प्रावधानबारे विस्तृत विवरण आज सार्वजनिक गर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ