arrow

जनार्दन भन्छन्- ‘नेपालमा कम्युनिष्ट आन्दोलन जीवित छैन, आन्दोलनमा लागेका नेताहरु मात्रै जीवित छौँ’

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
janardan-sharma-05-01.jpg

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलन वैचारिक, राजनीतिक र साङ्गठनिक रूपमा विघटित भइसकेको भन्दै त्यसको पुनर्गठनका लागि नयाँ अभियान आवश्यक रहेको बताएका छन्।

सोमवार काठमाडौँमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता शर्माले यस्तो धारणा राखेका हुन्। उनले नेपाली कम्युनिष्ट आन्दोलन अहिले वैचारिक रूपमा अलमल, राजनीतिक रूपमा गञ्जागोल र साङ्गठनिक रूपमा नोकरशाहीतन्त्रमा परिणत भइसकेको टिप्पणी गरे।

अहिले कम्युनिष्ट आन्दोलनभन्दा पनि त्यसमा आबद्ध नेता र समर्थक मात्रै बाँकी रहेको उल्लेख गर्दै उनले आन्दोलनको मूल शक्ति विघटन भइसकेको दाबी गरे। यस्तो निराशाजनक अवस्थामा आन्दोलनलाई पुनर्जीवित गर्न व्यापक पुनर्गठन अपरिहार्य रहेको उनको भनाइ छ।

कार्यक्रममा बोल्दै नेता शर्माले भने, "अब नेपाली कम्युनिष्ट आन्दोलन अल्मलियो। वैचारिक रूपले अल्मलियो, राजनीतिक रूपमा गञ्जागोलमा गयो र साङ्गठनिक रूपले त एउटा नोकरशाहीतन्त्रमा फेरियो। त्यसैले यो विघटन भयो। मलाई लाग्दैन यहाँ अहिले कम्युनिष्ट आन्दोलन जीवित छ। कम्युनिष्ट आन्दोलनमा लागेका नेताहरू र हामीलाई समर्थन गरेका जनता मात्रै जीवित हौँ, आन्दोलन त विघटन भइसकेको छ। यो विघटित अवस्थामा कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित गर्ने एउटा नयाँ अभियानको आवश्यकता छ।"

नेता शर्माले कुनै समय मुलुकमा देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूसँग करिब ७० प्रतिशत जनसमर्थन रहेको स्मरण गराए। तर नेतृत्वको गलत कार्यशैली र वैचारिक विचलनका कारण अहिले त्यो जनमत र राजनीतिक आधार उल्लेखनीय रूपमा खस्किएको भन्दै उनले चिन्ता व्यक्त गरे। यही खस्किँदो जनमतले पनि कम्युनिष्ट आन्दोलन संकटमा परेको स्पष्ट पार्ने हुँदा यसलाई नयाँ शिराबाट ब्युँताउनुको विकल्प नरहेको उनले ठोकुवा गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ