जर्मनी र पाराग्वै मैदानमा, अतिरिक्त समयमासमेत निर्णय भएन, पेनाल्टीमा धकेलियो
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
362
Shares
काठमाडौँ । विश्वकप फुटबलमा जर्मनी र पाराग्वे भिडिरहेका छन् । नकआउट चरणको खेलमा निर्धारित ९० मिनेटसम्म दुवैले १–१ गोलको बराबरी खेलेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गयो ।
उक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा निर्णायक हुने भएको छ ।
अतिरिक्त समयको १२ औँ मिनेटमा जर्मनीका जोनाथन ताहले गोल गरेका थिए । तर भीएआरले उक्त गोललाई खारेज गरेको थियो ।
त्यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भयो ।
खेलको ४२ औँ मिनेटमा युलियो एन्सिसोको गोलमा पाराग्वेले अग्रता लियो । ५४ औं मिनेटमा जर्मनीका काइ हाभर्टज्ले गोल गर्दै १–१ को बराबरीमा ल्याए ।
विजयी हुने टोली अन्तिम १६ मा पुग्नेछ भने पराजित हुने टिम बाहिरिनेछ ।