arrow

विश्वकप फुटबलमा नेदरल्याण्ड्स र मोरक्कोले ९० मिनेटसम्म खेले बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
wcf-2026-netherlands-morocco-32.jpg

काठमाडौँ । नेदरल्याण्ड्स र मोरक्कोले विश्वकप फुटबलको अन्तिम  ३२ को खेलमा निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी खेलेका छन् । 

इन्जुरी समयको पहिलो मिनेटमा मोरक्कोका इसा डिओपले चेम्सडाइन टाल्बीको क्रस पासमा हेड गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएका हुन् । 

यसअघि नेदरल्याण्ड्सका लागि खेलको ७२ औँ मिनेटमा कोडि गाक्पोले गोल गरेका । कोडिले क्रिसेन्सिओ समरभिल्लेको पासमा गोल गरेका हुन् । 

निर्धारित ९० मिनेटसम्म १–१ को बराबरी भएसँगै ३० मिनेटको अतिरिक्त समय थपिएको छ । 

अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल र पाराग्वे प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो । 

ब्रजिलले जापानलाई २–१ ले हरायो । पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ