arrow

घट्यो सुनचाँदीको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।

 यसअघि सोमबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट दर्ता भएको छ। सोमबार प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ओरालो लागेर ४ हजार २८५ रुपैयाँ कायम भएको छ। 

अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा यो भारी गिरावट आएको व्यवसायीहरूले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ