विश्वकपमा अमेरिका र बोस्निया मैदानमा, मध्यान्तरसम्म अमेरिका १–० ले अगाडि
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
314
Shares
काठमाडौँ । विश्वकप फुटबलमा अहिले अमेरिका र बोस्निया एन्ड हर्जगोबिनाबीचको खेल भइरहेको छ । अमेरिकाको लेभिस स्टेडियममा भइरहेको खेलको मध्यान्तरसम्म सहआयोजक अमेरिकाले १–० को अग्रता लिएको छ ।
खेलको ४५ औँ मिनेटमा फोलारिन बालोगनले उत्कृष्ट गोल गर्दै अमेरिकालाई १–० ले अग्रता दिलाएका हुन् । मध्यान्तरसम्म अमेरिकाले ६३ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिन सफल भएको छ ।
अमेरिकी गोलकिपरले एउटा बल भने उत्कृष्ट बचाउ गरेका थिए ।
बोस्निया दोस्रो सहभागितामा पहिलो पटक नकआउट खेलिरहेको छ भने अमेरिकाले यसपालिको सहआयोजनामा अझै अगाडि बढ्ने विश्वास लिएको छ ।
अमेरिकाले पहिलो विश्वकपमा सन् १९३० मा तेस्रो स्थान हासिल गरेको थियो भने सन् २००२ मा क्वार्टरफाइनलमा पुगेको थियो ।
सन् २०१८ को विश्वकपमा छनोट हुन नसकेको अमेरिका सन् २०२२ मा भने नकआउट चरणमा पुगेको थियो ।
अहिलेसम्म को को पुगे प्रिक्वार्टरफाइनलमा ?
अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल, पाराग्वे, नर्वे, फ्रान्स, मेक्सिको र बेल्जियम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो । ब्रजिलले जापानलाई २–१ ले हरायो ।
पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । त्यस्तै नर्वेले आइभरी कोष्टलाई २–१ ले पराजित गर्यो ।
फ्रान्सले केलियन एम्बाप्पेको दुई गोलको मद्धतले स्वीडेनलाई ३–० ले पराजित गर्यो ।
मेक्सिकोले इक्वेडरलाई २–० ले हरायो । त्यस्तै बेल्जियमले सेनेगललाई ३–२ ले हरायो ।