arrow

तोलामा ६२ सयले महँगियो सुन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा छ हजार दुई सय र चाँदीको एक सय ८० रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ७७ हजार तीन सय रुपैयाँ रहेको थियो ।

यता, बुधबार प्रतितोला चार हजार दुई सय ७० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार बढेर चार हजार चार सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो। सोही आधारमा महासंघले दैनिक रूपमा स्थानीय बजारका लागि सुन तथा चाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।

उल्लेखनीय रूपमा, हालसम्मकै उच्च मूल्य गत माघ १५ गते कायम भएको थियो। त्यस दिन छापावाला सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो। त्यसयता भने सुनचाँदीको मूल्य क्रमशः घट्दो क्रममा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ