नेप्सेमा ८.७८ अङ्कको सामान्य सुधार, चार अर्बमाथिको कारोबार
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
320
Shares
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक ८.७८ अङ्कले उकालो लागेर २,६६१.७१ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अङ्कले बढेर ४६२.४७ मा पुगेको छ। यस्तै, फ्लोट सूचक ०.९९ अङ्कले बढेर १८२.६१ मा पुग्दा सेन्सेटिभ फ्लोट सूचक पनि १.३९ अङ्कले बढेर १५६.६८ कायम भएको छ।
बजारमा आज विभिन्न कम्पनीका ८९ लाख ६४ हजार २२३ कित्ता सेयर चार अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँ मूल्यमा खरिद-बिक्री भएका छन्। आज कारोबार भएका कुल १३ उपसमूहमध्ये बैंकिङसहित ५ उपसमूहको सेयर मूल्य बढेको छ भने अन्य ८ उपसमूहको सेयर मूल्य घटेको छ।
नेप्सेका अनुसार आज अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी, खानीखोला (खलङ्गा) हाइड्रोपावर कम्पनी, स्नो रिभर लिमिटेड र सानीगाढ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। उता, एनआइसी एसिया डिबेञ्चर, भुजुङ हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।