arrow

माउन्ट एभरेस्टको आईपीओ बाँडफाँट, एक लाख ४३ हजारलाई १० कित्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
ipo-final.jpg

काठमाडौँ । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) शुक्रबार बाँडफाँट गरिएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि असार ३ देखि ८ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। उक्त अवधिमा प्राप्त आवेदनमध्ये २८ लाख १५ हजार ६७९ ओटा आवेदन स्वीकृत भएका थिए।

बाँडफाँट परिणामअनुसार १ लाख ४२ हजार ७६० जना आवेदकले गोलाप्रथामार्फत १०/१० कित्ता शेयर प्राप्त गरेका छन्।

यससँगै ठूलो संख्यामा आवेदक भने यसपटक पनि आईपीओबाट वञ्चित भएका छन्, जसले प्राथमिक सेयरप्रति सर्वसाधारणको उच्च आकर्षण कायमै रहेको देखाउँछ।

लगानीकर्ताले आईपीओको नतिजा सीडीएससीको मेरोसेयर तथा आईपीओ नतिजा प्रणाली मार्फत हेर्न सक्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ