arrow

स्वीट्जरल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा, कोलम्बिया पेनाल्टी सुटआउटमा पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
wcf-2026-sw-col-16.jpg

काठमाडौँ । स्वीट्जरल्याण्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम प्रिक्वार्टरफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै स्वीट्जरल्याण्ड अन्तिम आठमा पुगेको हो । 

स्वीट्जरल्याण्ड ४–३ ले विजयी भयो । स्वीट्जरल्याण्डका लागि ग्रानिट हाका, जेकी एम्डुनी, सेड्रिक ईटेनर रुबेन भर्गासले गोल गरे भने मानुएल अकान्जी गोल गर्न चुके । 

कोलम्बियाका लागि हुँवा फर्नान्डो क्विन्टेरो, जामिन्टन कम्पाज र लुइस डियाजले गोल गरे । जेभिन्सन सान्चेज र हुँवा कामिलो हर्नान्डेज गोल गर्न चुके । 

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा निर्णायक भएको हो । 

निर्धारित र थपिएको समयसम्म स्वीट्जरल्याण्डले ५३ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो । खेलमा स्वीट्जरल्याण्डले २२ फाउल र कोलम्बियाले २१ फाउल गरेको थियो । 

स्वीट्जरल्याण्डले ३ तथा कोलम्बियाले २ पहेँलो कार्ड पाएको थियो । 

योसँगै प्रिक्वार्टरफाइनलका खेलहरू सकिएका छन् । क्वार्टरफाइनल समीकरण बनेको छ । 

क्वार्टरफाइनलमा नर्वे, मोरक्को, फ्रान्स, इङ्गल्याण्ड, स्पेन, बेल्जियम, अर्जेन्टिना र स्वीट्जरल्याण्ड पुगेका छन् । 

पहिलो क्वार्टरफाइनलमा शुक्रबार बिहान पौने २ बजेदेखि फ्रान्स र मोरक्को भिड्ने छन् ।  

क्यानाडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा पुगेको हो । त्यस्तै पाराग्वेलाई १–० ले हराउँदै फ्रान्स क्वार्टरफाइनलमा पुगेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ