काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनओटा संसदीय समितिको बैठक आज बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयले दिएको जानकारी अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।
आज बिहान ११:०० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।
सोही समयमा अर्थात् बिहान ११:०० बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रम सञ्चालनका सम्बन्धमा छलफल हुनेछ।
यसैगरी अपराह्न २:३० बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा र तज्जन्य विषयहरूका सम्बन्धमा गहन छलफल हुनेछ ।