arrow

सहज र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउने परराष्ट्र मन्त्रालयको प्रतिबद्धता [भिडियो]

जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने व्यवस्था गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
lokenbd-karki.jpg

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली नागरिकहरूलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राहदानी वितरणको पछिल्लो अवस्था र सुधारका प्रयासहरूबारे जानकारी गराउँदै २०८३ असार २९ देखि नयाँ प्रणालीमार्फत सेवा प्रवाह थप व्यवस्थित गरिएको बताएका हुन्।

नयाँ प्रणाली लागू भएपछि हालसम्म ८ हजार २ सय ६० थान राहदानी छापिसकिएको मन्त्रालयले जनाएको छ। हाल राहदानी विभाग, देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, ६ वटा इलाका प्रशासन कार्यालय र विदेशस्थित ३९ वटा (३१ नियमित र थप ८ वटा) नेपाली नियोगहरूबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। नयाँ प्रणालीको सुरुवातसँगै देखिएका सामान्य प्राविधिक समस्याहरूलाई प्राविधिक टोलीमार्फत निरन्तर समाधान गरिँदै आएको र सेवा छिट्टै पूर्ण रूपमा सहज हुने स्पष्ट पारिएको छ।

उनले भने, ‘नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय तथा मातहतको राहदानी विभाग प्रतिवद्ध छन् । राहदानी प्रणाली परिवर्तन भई २०८३ असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत प्रत्यक्ष (लाइभ) राहदानी आवेदन लिई राहदानी जारी गर्ने सेवा सञ्चालनमा आएको विषय यहाँहरूलाई जानकारी नै छ । हाल नयाँ प्रणालीमार्फत राहदानी विभाग, सबै ७७ जिल्ला प्रशासन कार्यालय, ६ इलाका प्रशासन कार्यालय तथा विदेशस्थित ३१ नेपाली नियोग र थप ८ नियोगबाट कुनै पनि समयमा इनरोलमेन्ट (भ्लचयििmभलत) गर्न सकिने व्यवस्था गरी सेवा सुचारु गरिएको छ। हालसम्म ८,२६० थान राहदानी छापिसकिएको छ । नयाँ प्रणाली सञ्चालनका क्रममा देखिएका केही प्राविधिक समस्या अपेक्षित नै हुन्। ती समस्याको समाधान सम्बन्धित प्राविधिक टोलीबाट निरन्तर भइरहेको छ र राहदानी सेवा छिट्टै पूर्ण रूपमा सहज र नियमित हुने अपेक्षा गरिएको छ । यस विषयमा यहाँहरूले गर्नुभएको सकारात्मक समाचार सम्प्रेषण र प्रचारप्रसारका लागि हार्दिक आभार व्यक्त गर्दछौँ । यसैगरी, छापिएका राहदानीहरू शीघ्र सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयमा पु¥याउन हुलाक विभागसँग सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ । साथै, जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्था लागू गर्न आवश्यक प्रक्रिया शुरु भइसकेको विषयमा पनि हामी यहाँहरूलाई जानकारी गराइसकेका छौँ ।’

त्यस्तै, छापिएका राहदानीहरू सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूमा शीघ्र पुर्‍याउन हुलाक विभागसँग कार्यसम्झौता भइसकेको छ, जसले वितरण प्रक्रियाको ढिलाइलाई न्यूनीकरण गर्ने विश्वास लिइएको छ। यसअघि स्थायी ठेगाना वा काठमाडौंबाट मात्र आवेदन दिन सकिने प्रावधान रहेकोमा अब नागरिकले जुनसुकै जिल्लाबाट पनि राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाउन आवश्यक प्रक्रियासमेत सुरु गरिसकिएको मन्त्रालयले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ