arrow

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, उपचार व्यवस्थापनमा मन्त्रीको चासो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
dr-govinda-kc-hospitalized-emergency.jpg

काठमाडौं  बिहीबारदेखि पाँचबुँदे माग राख्दै २४औँ सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा प्रत्यक्ष चासो लिएकी छिन्। मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा. हेमराज पाण्डेसँग संवाद गरी उपचारको प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिएकी छन्।

यसैक्रममा मन्त्रालयका प्रमुख सल्लाहकार डा. मनोहर प्रधानले पनि अस्पताल प्रशासनसँग समन्वय गरी डा. केसीको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका छन्। डा. केसीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लामो समय राख्नु उपयुक्त नहुन सक्ने चिकित्सकहरूको सुझावपछि थप उपचारका लागि वैकल्पिक व्यवस्थाको तयारीसमेत अघि बढाइएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. केसीलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट शनिबार सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको हो। यसैबीच, उनका मागका विषयमा छलफल गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका प्रतिनिधिहरू सम्मिलित वार्ता टोली आजै धनगढी जाने तयारीमा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ