arrow

वडा सदस्यको घरमा भेटियो चार सय बोरा अवैध डीएपी मल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
dhanusha-final.png

काठमाडौँ । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ नौ सय बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट ठूलो परिमाणमा अवैध रासायनिक डीएपी मल बरामद गरेको छ।

वडा सदस्य साहले लुकाइछिपाइ घरमा डीएपी मल राखी रातिको समयमा महँगो मूल्यमा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी ९०० बिघाबाट खटिएको टोलीले करिब ४०० बोरा मल बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार बरामद भएको मलको कुनै पनि स्रोत नभेटिएपछि नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिइएको मल ट्याक्टरमा लोड गरी इलाका प्रहरी कार्यालय धनुषाधाम ल्याउने काम भइरहेको र मलको यकिन सङ्ख्या तथा स्रोतबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घटना,पछि वडा सदस्य साह फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ