आदिकवि भानुभक्तको सालिक तोडफोड गर्ने व्यक्ति पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
278
Shares
काठमाडौँ । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोला पुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरी क्षति पुर्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार साउन ७ गते राति भएको उक्त तोडफोडको घटनाको अनुसन्धानका क्रममा तनहुँको व्यास नगरपालिका–७ स्थायी बासिन्दा भई हाल लमजुङमा बस्दै आएका २४ वर्षीय रोशन कुँवरलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका कुँवरलाई लमजुङ जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।