arrow

सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ। नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा एक हजार छ सय र चाँदीको ६० रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै आइतबार छापावाला सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ। 

यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ८५ हजार पाँच सय रुपैयाँ रहेको थियो।

यता, गत शुक्रबार प्रतितोला चार हजार तीन सय ५० रुपैयाँ रहेको असली चाँदीको भाउ आइतबार बढेर चार हजार चार सय १० रुपैयाँ कायम भएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ