चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानन्यायाधीश शर्मा
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
178
Shares
काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन्।
उनी भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा यही साउन ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधान न्यायाधीश डा शर्माले आफ्ना समकक्षी कान्तसँग द्विपक्षीय भेटवार्ता गरी दुई देशबीच न्याय आदानप्रदान गर्ने विषयमा महत्वपूर्ण कुराकानी गरेका थिए।
साथै उनले भारतको सर्वोच्च अदालतको अवलोकन गर्नुका साथै त्यहाँको न्यायसम्पादन प्रक्रियाबारे पनि जानकारी लिएका थिए। स्वदेश फर्किएका उनलाई वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले स्वागत गरेकी थिइन्।
उक्त भ्रमण दलमा प्रधान न्यायाधीश डा शर्माकी धर्मपत्नी उमा शर्मा र सहरजिष्ट्रार अमित उप्रेतीसमेत सहभागी भएका थिए।