arrow

नागरिकहरूलाई संयमित रहन मुख्यमन्त्रीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
sunsari-agitation-83-4-11.jpg

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नागरिकहरूलाई संयमित रहन आग्रह गरेका छन्। मुख्यमन्त्री कार्कीले अपराह्न एक विज्ञप्ति जारी गर्दै घटनामा परी ज्यान गुमाउने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

उहाँले यस्तो संवेदनशील समयमा सम्पूर्ण नागरिकलाई अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारालाई अझ सुदृढ बनाउन आह्वान गरेका छन्। सदियौँदेखि नेपालीहरूले जाति, भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताबद्ध भएर बसेको स्मरण गराउँदै मुख्यमन्त्री कार्कीले घटनालाई उत्तेजित नबनाई संयमतापूर्वक सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै सरोकारवाला, नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि र सञ्चारकर्मीहरूसँग हार्दिक अनुरोध गरेका छन्।

कोशी प्रदेश सरकार पीडित परिवार र घाइतेहरूको साथमा रहेको विश्वास दिलाउँदै उहाँले सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहयोगका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ। साथै, उहाँले नेपाल सरकारलाई अविलम्ब आवश्यक सुरक्षा व्यवस्था मिलाई आम जनताको जीउधनको रक्षा गर्न अनुरोध गर्दै शोकप्रकट गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ