arrow

मोबाइल र सामाजिक सञ्जालकै कारण बढ्यो मानव बेचबिखन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १२ मंगलबार
haribamsa-acharya-12-04.jpg

काठमाडौँ। हास्य कलाकार हरिवंश आचार्यले मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमाभन्दा बाहिर गएर नयाँ-नयाँ स्वरूपमा विस्तार भइरहेको बताएका छन्।

मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा उनले प्रविधिको दुरुपयोग, वैदेशिक रोजगारीको प्रलोभन र संगठित आपराधिक सञ्जालका कारण मानव बेचबिखनका चुनौती झन् जटिल बन्दै गएको बताए।

उनले अहिले युवा, बालबालिका तथा विभिन्न प्रलोभनमा पारिएका व्यक्तिहरू मानव बेचबिखनको उच्च जोखिममा रहेको उल्लेख गर्दै विदेश पुर्‍याएर शोषण गर्ने घटनाहरू बढ्दै गएको बताए।

आचार्यले बदलिँदो अपराधको स्वरूपअनुसार नेपाल प्रहरीले पनि आफ्नो क्षमता र रणनीति थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए। मानव बेचबिखन नियन्त्रण सुरक्षा निकायका लागि ठूलो चुनौती बन्दै गएको उनको भनाइ थियो।

उनका अनुसार मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोगले ठगी तथा मानव बेचबिखनका घटना बढाउन सहयोग पुर्‍याइरहेको छ। प्रविधिले जीवन सहज बनाए पनि यसको गलत प्रयोगले समाजमा गम्भीर विकृति सिर्जना गरिरहेको उनले बताए।

आकर्षक रोजगारी, उच्च आम्दानी र राम्रो जीवनशैलीको प्रलोभनमा परेर विदेश जाने धेरै नेपाली युवा-युवती अन्ततः शोषण, ठगी र कष्टपूर्ण जीवन बिताउन बाध्य हुने गरेको उनले उल्लेख गरे।

मानव बेचबिखनविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्न राज्य, सुरक्षा निकाय, नागरिक समाज र आम नागरिकबीच बलियो सहकार्य आवश्यक रहेको आचार्यले जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ