arrow

आइएमई र मुथुत फाइनान्सवीच रेमिटेन्स सम्झौता

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
ime.JPG

काठमाडौं । आइएमई लिमिटेड र इण्डियास्थित मुथुत फाइनान्सवीच रेमिटेन्स सम्झौता भएको छ ।  मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट  प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।  

आइतवार आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका  प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल,  मुथुत फाइनान्स इण्डो–नेपाल रेमिटेन्स प्रमुख अनिल कार्की र दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।  

सम्झौता अनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्नेछन् ।  यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सकिनेछ ।  नगद भुक्तानी सेवाका अतिरिक्त खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिनेछ ।   नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिंग साझेदार संस्था हुनेछन् ।

कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आइएमई र मुथुत फाइनान्सको  सहकार्यपछि भारतमा रहँदै आउनुभएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताए ’ । प्रवन्ध निर्देशक हेमराज ढकालले नेपालको पहिलो र सबैभन्दा ठुलो रेमिटेन्स कम्पनी आइएमई र मुथुत फाइनान्सको सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजता थपेको बताउँदै इण्डो–नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने विश्वास व्यक्त गरे।

 सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै मुथुत फाइनान्सका प्रमुख महाप्रवन्धक बिजिमोनले नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आइएमईसंगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तीनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गरे।
पब्लिक रिलेशन

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ