arrow

बिनोध चौधरी संसारकै १५ सय ६१ औं धनी : एक्कै वर्षमा २ अर्ब ३८ करोड रुपैयाँ कमाए

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
binod_chaudhari.JPG

काठमाडौं । नेपाली व्यवसायी विनोध चौधरी विश्वको १५ सय ६१ औं धनी बनेका छन्। अमेरिकी फोर्ब्स पत्रिकाले निकालेको विश्वका २ हजार २ सय ८ अर्बपतिहरुको सूचीमा चौधरी १५ सय ६१ औं स्थानमा परेका हुन् । गत साल उनी धनाढ्य सूचीको १५ सय ६७ औं स्थानमा थिए ।

चौधरी अहिले ६ स्थान अगाडी परेका हुन् । फोर्ब्सका अनुसार चौधरीको कूल सम्पत्ति १ अर्ब ५३ करोड अमेरिकी डलर अर्थात् आजको अमेरिकी डलरको मूल्य अनुसार १ खर्ब ५८ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ बराबरको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको खरीद मूल्य १ सय ३ रुपैयाँ ६४ पैसा तोकेको छ । गत साल उनको सम्पत्ति १ अर्ब ३० करोड अमेरिकी डलर थियो । एक वर्षको अबधीमा उनले २३ करोड अमेरिकी डलर अर्थात् २३ अर्ब रुपैयाँ भन्दा बढी कमाएका छन् ।

चौधरी सन् २०१३ देखि अमेरिकी पत्रिका फोर्ब्सको अर्बपति सूचीमा परेका हुन् । अटोबोमाइल, बायोटेक र आयुर्वेद, सिमेन्ट, शिक्षा, विधुतिय सामान, वित्तीय क्षेत्र, स्वास्थ्य, टेलिकम लगायत व्यवसायिक क्षेत्रमा कारोबार गर्दै आएका चौधरीले, गत साल मात्रै सरकारलाई ८ अर्ब रुपैयाँ कर बुझाएका थिए ।

चौधरी ग्रुप अफ इन्डस्ट्रीजका मालिक हुन् विनोद चौधरी । १९९० सालको भूकम्प गएको २ वर्षपछि चौधरी परिवारले हालको विशाल बजारअगाडी न्युरोडमा वार्षिक २ सय रूपैयाँ भाडामा लिएर पसल खोलेको थियो। हाल सीजीभित्रै झन्डै ४० कम्पनी छन् । अघिल्लो संबिधानसभामा एमालेबाट सभाषद बनेका चौधरी, यसपाली काँग्रेसको तर्फबाट सांसद बनेका छन् ।

यो वर्ष फोर्ब्सको धनाढ्य सूचीमा २ हजार २ सय ८ जना अटाएका छन् । तीमध्ये १ सय १२ अर्ब अमेरिकी डलरको सम्पत्ति सहित अमेजनका मालिक जेफ बेजोस विश्वकै सबभन्दा धनी बनेका छन् । उनको सम्पत्ति नेपालका सबभन्दा धनी विनोध चौधरीको भन्दा, १ सय १० अर्ब ५० करोड अमेरिकी डलर भन्दा बढी हो । दोश्रो धनी बिल गेट्सको ९० अर्ब र तेश्रो धनी वारेन बफेटको ८४ अर्ब अमेरिकी डलर सम्पत्ति छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ