arrow

कति निर्दयी युवक, बालकलाई उचालेर पछारे पछि हाने लात्ताले टाउकोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७५ जेठ ५ शनिबार
youth-beaten-child.jpg

चीन। चीनको सिचुवान प्रान्तका एक २१ बर्षिय युवक एक ७ बर्षिय बालकलाई निर्मम कुटपिटको अभियोगमा पक्राउ परेका छन्। उनलाई प्रहरीले १५ दिनको हिरासत राखेको छ। 

गत अप्रिल ११ मा एक वसमा यात्रा गर्ने क्रममा भएको सो घटना पछि प्रहरीले ति युवकलाई नियन्त्रणमा लिएको थियो। 

बसमा उभिएर यात्रा गरिरहेको सो वालकले जिस्किएर सीटमा बसेको युवकलाई लात्ताले तीन पटक हानेपछि आक्रोशित भएको युवकले बालकलाई निर्मम ढंगले कुटेको हो। 

आक्रोशित युवकले वालकलाई उचालेर बसको भुइमा पछारेर लात्ताले टाउकोमा तीन पटक नै प्रहार गरेको थियो। 

बालकलाई कुटेको देखेपछि बसमा सवार अन्या यात्रुले ति युवकलाई प्रहरीलाई बोलाएर जिम्मा लगाएका थिए। 

सो घटनाको सिसिटीभी फुटेज सार्वजनिक भएपछि ति युवकलाई सामाजिक सञ्जालमा गाली गर्नेहरु टन्नै निस्किए। कतिपयले भने सार्वजनिक ठाउँमा कसरी व्यवहार गर्ने भनेर नसिकाएको भनेर बालकका आमा बुबाको समेत आलोचना गरेका छन्। 

प्रहरीले वालकको उपचार खर्च र जरिवाना गराएर युवकलाई छोडेको छ। बालकको आमा भने आक्रमण गर्ने युवकलाई अदालतमा मुद्धा हान्ने तयारीमा रहेको चिनियाा समाचार संस्थाहरुले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ