arrow

एसइइको नतिजा इसेवाको एप्स् र वेवसाइटबाट हेर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७५ असार ९ शनिबार
esewa-see-result.jpg

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा छिटो र सजिलो तरिकाबाट इसेवामा हेर्न सकिने भएको छ। परीक्षार्थीहरुले इसेवाको मोबाईल एप्स् र वेवसाइट मार्फत् देशभर रहेका इसेवाका जोन तथा पोइन्टबाट तुरुन्तै सजिलोसँग नतिजा हेर्न सक्ने छन्। परिक्षार्थीहरुलाई सहज तरिकाले नतिजा जानकारी गराउन यो सुविधा ल्याएको इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले जानकारी दिए। 

परीक्षार्थीले इसेवाको मोबाईल एप्लिकेशनबाट रिजल्ट हेर्न सक्नेछन्। यस्तै http://results.esewa.com.np लगअन गरेर पनि रिजल्ट हेर्न सकिनेछ। इसेवाले पहिलोपटक एसइइको रिजल्ट हेर्न सकिने व्यवस्था गरको हो। मुलुकभर जुनकुनै ठाउँमा भएका विद्यार्थीले घरमै बसेर मोबाइलबाटै पनि रिजल्ट हेर्न सक्ने लामिछानेले बताए। ‘परिक्षार्थीहरूले इसेवामार्फत् सहजै नतिजा प्राप्त गर्न सकुन् भन्ने उदेश्यले यो सेवा दिएका हौँ। इसेवाका साथै हाम्रा मुलुकभर रहेका करिब ३५ हजार जोन तथा पोइन्टबाट पनि सहजै रिजल्ट थाहा पाउन सकिन्छ,’ उनले भने।

इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो। इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुईसय भन्दा बढी सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ४६ वटा बैंक सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब ३५ हजारभन्दा बढी एजेन्ट रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ