arrow

दिलेन्द्रप्रसाद बढुले प्रधानमन्त्रीलाई सोधे – लिपुलेकबारे किन चीनमा कुरो उठेन ? 

logo
प्रकाशित २०७५ असार १२ मंगलबार
kp-oli-samsad.JPG

काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बढुले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा बेलामा चीनसंग पारबहन सम्झौता हुन नसकेको र लिपुलेकका बारेमा किन कुरा नउठेको भनेर प्रश्न तेस्र्याएका छन् । संसदमा प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराएपछि सांसद बढुले उक्त प्रश्न सोधेका हुन् । 

जवाफमा प्रधानमन्त्रीले भने –‘हामीले सरकारी तर्फबाट १३ र निजी तवरमा ९ वटा गरी २२ वटा सहमति गर्यौं र प्रोटोकलको विषय सन् २०१६ को मार्चमा म प्रधानमन्त्री भएर जाँदा जे समझदारी भएको थियो त्यसको लगत्तै म सरकारबाट हटें । ट्रान्जिट ट्रान्सपोर्ट एग्रिमेन्टको समझदारी कहाँ छ भनी खोज्न टाइम लाग्यो । धुलो टक्ककाइयो । जुलाइमा प्रोटोकल तयार पनि हुन्छ र सम्झौता पनि हुन्छ । 

हाम्रो सीमामा सुरक्षा चुनौती छ । हाम्रो सीमा कुनै पनि बहानामा लेनदेन हुँदैन । जोसंग हाम्रो सीमाना जोडिएको छ सानो देशले छोडीछोडी सम्झौता गर्दैन । हामी कुनै पनि हिसाबले सीमाको सुरक्षा गर्छौं । तर कतिपय कुराहरु लामो समयदेखि पेन्डिङमा छन् । अध्ययन गर्न समय लाग्ने भयो । सबै कुरा उठाएर निष्कर्षमा नपुर्याउनु उचित हुँदैन । तसर्थ क्रमशः उठाइँदै जानेछ । ’

प्रधानमन्त्री ओलीले भारत भ्रमणको सहमति र विराटनगरबाट क्याम्प उठ्ने लगायतका विषयहरु हुँदै जाने र परिणाम देखिँदै गएको बताउँदै भने, –‘चीनसंगका कुरा पनि के आश्वस्त पार्न चाहन्छु भने यसमा कुनै राजनीति गर्नुछैन । यो देशको सवाल हो । हाम्रो पुस्ता देशको रक्षा गर्न सक्षम छ । इतिहासका कालखण्डमा भएका कुनै अनुचित सम्झौता छन् भने २१ औं शताब्दीका तरिका, मापदण्ड र विधिअनुसार टुंगो लगाउन सक्छौं । अहिलेको भ्रमणको आसपास र मेरो सरकार बनेपछि केही बिग्रेको छैन । बिग्रेको रहेछ भने त्यो बनाउने र पुराना सम्झौतालाई पनि टुंगो लगाइन्छ । तिनको अध्ययन गरेर समुचित ढंगले अध्ययन गरिन्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ