arrow

तेह्रथुममा काँग्रेसमा सहमतिको प्रयास असफल, निर्वाचन फागुन ५ गते

सभापतिसहित अधिकांश पदमा निर्वाचन हुने निश्चित

logo
प्रकाश धौलाकोटी।
प्रकाशित २०७२ फागुन १ शनिबार
13th-congress.png.png.png
तेह्रथुम। नेपाली कांग्रेस जिल्ला कार्य समिति तेह्रथुमको १३ औँ जिल्ला अधिवेशन अन्तर्गत बन्द सत्रको कार्यक्रम फागुन ५ गते हुने भएको छ । जिल्ला निर्वाचन समितिका अनुसार यसअघि तय गरिएको समयतालिका बमोजिम नै फागुन ५ गते बन्द सत्रको कार्यक्रम हुने टुंगो लागेको हो । 
 
सदरमुकाम म्याङलुङमा गत सोमबार जिल्ला अधिवेशनको कार्यक्रम अन्तर्गत खुला सत्र सम्पन्न भएपनि मंगलबार विहान सभापति शुशील कोइरालाको निधन भएपछि अधिवेशन स्थगित भएको थियो । फागुन ५ गते बुधबार विहान ७ बजेबाट बन्द सत्र अन्तर्गत निर्वाचनको कार्यक्रम सुरु गर्ने तयारी भएको निर्वाचन अधिकृत बालकृष्ण कटवालले जानकारी दिए । 
 
तेह्रथुममा जिल्ला सभापतिकालागि दुई जना आकांक्षी देखिएका छन् । वर्तमान सभापति गोविन्द ढुंगाना र जिल्ला सदस्य राज्यप्रसाद लिम्बुले जिल्ला सभापतिमा उमेद्धारी दिने भन्दै कार्यकर्ताहरुसँग भोट मागिरहेका छन् । यस्तै सचिव र कोषाध्यक्षमा समेत आकांक्षी बढेका छन् ।
 
सभापतिका उमेद्धारले छुट्टा छुट्टै प्यानल बनाई चुनावी प्रतिष्पर्धा गर्न सक्ने देखिएको छ । संस्थापन पक्ष नजिक वर्तमान सभापति ढुंगानाको प्यानलबाट सचिव र कोषाध्यक्षको अझै टुंगो लागेको छैन । आफुलाई कुनै गुटउपगुट नजिक नभएको बताउने अर्का सभापतिका आकांक्षी लिम्बुको प्यानलमा पनि अझैसम्म सबै पदका उमेद्धार प्रष्ट भइनसकेको बुझिएको छ । 
 
यस्तै जिल्ला सदस्य पदमा समेत सहमतिको सम्भावना कम भएको श्रोतले बताएको छ । महाधिवेशन प्रतिनिधिकालागि पनि दोब्बर बढी आकांक्षी रहेका छन् । जिल्ला अधिवेशनमा ६७ जना महिला, २ सय ६६ जना पुरुष, २ जना सांसद र १ जना सांसदका उम्मेवद्धार गरी कुल ३ सय ३३ जना क्षेत्रीय प्रतिनिधिको सहभागिता रहनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ