arrow

अनलाइन सपिङमा इसेवाको फड्को, खुल्यो इसेवा पसल 

logo
हाम्रा कुरा
प्रकाशित २०७५ भदौ १८ सोमबार
eSewapasal-launch.jpg

काठमाडौं। इसेवा पसलको औपचारिक रूपमा कारोबार सुरूवात गरिएको छ। भाटभटेनी अनलाइन डट कमलाई इसेवा पसल डट कम का रुपमा रि–ब्राण्डिङ गरी एफवान सफ्ट ईन्टरनेशनल प्रालिले उक्त सेवा सुरु गरेको हो। 

राजधानीमा आइतबार एक कार्यक्रमको आयोजना गरी उक्त सेवाको सुरुवात गरिएको हो। कार्यक्रममा इसेवा पसल डट कमका सिइओ मनिस श्रेष्ठले अनलाइन सपिङको क्षेत्रमा इसेवा पसल एक महत्वपूर्ण कोसेढुङ्गा हुने विश्वास व्यक्त गरे। उनले भने, ‘अबको भविष्य भनेकै अनलाइन सपिङको हो। हामी ग्राहकलाई सर्वशुलभ मूल्यमा उच्चतम सेवा प्रदान गर्नेछौं।’

कम्पनीले इसेवा पसलको औपचारिक उद्घाटन गरेको अवसरमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दे विभिन्न किसिमका छुट योजना सार्वजनिक गरेको छ। छुट योजनाअनुसार ग्राहकहरूले इसेवा पसलमा सामान किन्दा इसेवा मार्फत रकम भुक्तानी गर्दा ५ प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउन सकिनेछ।

यस्तै नबिल बैंकको भिसा कार्डमार्फत् अनलाइन रकम भुक्तानी गर्दा २५ प्रतिशत र  कार्ड अन डेलिभरी गर्दा १० प्रतिशत  क्यास ब्याक पाइने छ।कम्पनीले किस्तावन्दीमा सामान किन्न सकिने सुविधाका साथसाथै नेपालीहरुको महान् चाड दशैंलाई मध्यनजर गरेर सामान किन्दा लक्की ड्र मार्फत आफ्ना ग्राहकलाई भिभिन्न किसिमका ग्राहक उपहार योजना ल्याउने पनि जनाएको छ। इसेवा पसलले सामान अर्डर गरेको २४ घण्टाभित्र निशुल्क सामान डेलिभरी गर्नेसमेत जनाएको छ।

इसेवा पसलमा इसेवा लगायत नेपालका अधिकांश बैंकका मोबाईल बैंकिङ, ईबैंकिङ र कार्डमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको पनि सिइओ श्रेष्ठले बताए। 

सन् २००४ देखि सञ्चालनमा आएको एफ वान सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा विक्री वितरण गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ