arrow

काँग्रेस तेह्रथुमको सभापतिमा ढुंगाना निर्वाचित, संस्थापनको पकड रहने संकेत

logo
प्रकाश धौलाकोटी।
प्रकाशित २०७२ फागुन ५ बुधबार
terathum.jpg.jpeg
तेह्रथुम। नेपाली कांग्रेस तेह्रथुमको सभापतिमा गोविन्द प्रसाद ढुंगाना दोस्रो कार्यकालका लागि भारी मतान्तर सहित निर्वाचित भएका छन्। प्रत्यासी राज्यप्रसाद लिम्बुलाई १ सय ९१ मतले पराजित गर्दै ढुंगाना पुनः सभापतिमा निर्वाचित भएका हुन्। जम्मा खसेको मत ३ सय २३ मध्ये १२ मत बदर हुँदा ढुंगानाले २ सय ५१ मत प्राप्त गरे। प्रत्यासी लिम्बुले भने ५१ मत मात्र प्राप्त गरेका छन्। 
 
यस्तै जिल्ला कार्यसमितिको सचिवमा सन्तोष सुब्बाले प्रत्यासी कालीबहादुर सिंजागुलाई १ सय ६४ मतले पछि पार्दै निर्वाचित भए। खसेको मत मध्ये सुब्बाले २ सय २९ मत प्राप्त गर्दा सिंजागुले ६५ मत मात्र प्राप्त गरे।
 
जिल्ला कार्यसमितिको कोषाध्यक्षमा कमल सुब्बा यसअघि नै सर्वसम्मत निर्वाचित भएका छन्।  जिल्ला कार्यसमितिको सदस्यमा उमा कार्की, छिरिङ फुटिक शेर्पा र चन्द्रमाया तामाङ तथा दलित तर्फ गंगा वर्देवा पनि सर्वसम्मत चयन भए। 
 
जिल्ला कार्यसमितिको खुला सदस्यतर्फ ४ जनाकालागि ८ जनाको उमेद्धारी परेकामा सर्वाधिक २ सय ५५ मत सहित अर्जुन तुम्बाहाम्फे, २ सय ९ मत सहित तेजबहादुर कार्की, १ सय ९२ मत सहित कमलप्रसाद ढुंगाना र १ सय ९० मत सहित विपीन निङ्लेकु निर्वाचित भए। सदस्यका प्रत्यासी कृष्णमान तुम्बाहाम्फेले ९८, तिलोकसिं लिम्बुले ८१, भोगिश्वर लिम्बुले ४४ र मिलन बस्नेतले ७१ मत प्राप्त गरेका थिए। 
 
यस्तै आदिवासी जनजातितर्फ जिल्ला सदस्यमा मचिन्द्रबहादुर लिम्बु १ सय ७८ मतसहित विजयी भए। प्रत्यासी शंकर हाङश्रोङले ३३ मत मात्र प्राप्त गरे। महाधिवेशन प्रतिनिधिमा खुलातर्फ ६ जनाकालागि १४ जनाको उमेद्धारी परेकामा तुलसी सुब्बा सर्वाधिक २ सय ५४ मत सहित निर्वाचित भए। यस्तै केशव भेटुवाल २ सय ७, भीष्मप्रसाद थपलिया १ सय ४३, हरिप्रसाद डाँगी १ सय ५२, गणेशप्रसाद विमली १ सय २८ र रामचन्द्र भट्टराई १ सय ३० मत सहित विजयी भए। 
 
प्रत्यासी टिकाराम बस्नेतले ८६, दुर्गा फुँयालले ७०, देवेन्द्रबहादुर थापाले ८२, नृपसिं सुवेदीले २४, बालकुमार गुरुङले ८२, राज्यप्रसाद लिम्बुले ४७ र लोकबहादुर खत्रीले ८० मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक बालकुमार कटुवालले जानकारी दिए। 
 
यस्तै महिला महाधिवेशन प्रतिनिधितर्फ २ जनाकालागि ५ जनाको उमेद्धारी परेकामा बसन्ती गुरुङले १ सय ३९ मत र राधा प्रधानले १ सय ६६ मत ल्याएर विजयी भए। प्रत्यासी सनिसा भेटुवालले ९१, शान्तिला कार्कीले ४७ र लक्ष्मी पौडेलले ७६ मत प्राप्त गरिन।  
 
आदिवासी जनजाति महाधिवेशन प्रतिनिधिमा टेकराज तिगेला लिम्बुले १ सय ६३ मत ल्याएर विजयी हुँदा प्रत्यासी हेमन्त गुरुङले ९४ मत मात्र प्राप्त गरे। यस्तै दलित महाधिवेशन प्रतिनिधिमा जमुना वर्देवाले १ सय १५ मत सहित विजयी भइन। प्रत्यासी युवराज नेपालीले ५२ र केदार सुनारले १ सय ४ मत प्राप्त गरे। अल्पसंख्यक महाधिवेशन प्रतिनिधितर्फ कासाङ आङजुक शेर्पा २ सय २ मत सहित विजयी हुँदा प्रत्यासी हरिबहादुर सुनुवारले ६३ मत मात्र प्राप्त गरे। अधिवेशनमा जिल्लाका २ नगरपालिका र २१ गाविसबाट आएका ३ सय ३३ क्षेत्रीय प्रतिनिधिहरु मध्ये ३ सय २३ जनाले मतदान गरेका थिए ।  
 
अधिवेशनमा जिल्लाका २ नगरपालिका र २१ गाविसबाट आएका ३ सय ३३ क्षेत्रीय प्रतिनिधिहरु मध्ये ३ सय २३ जनाले मतदान गरेका छन्। लामो समयसम्म सर्वसहमतिको प्रयास गरिएपनि सफल हुन नसकेपछि दिउँसो २ बजेबाट हुने भनिएको मतदान ३ बजेमात्र सुरु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ