arrow

अर्बपति विनोद चौधरीको आत्मकथा प्रदेश २ मा

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
binod-chaudary.jpg

काठमाडौं । नेपालका चर्चित अर्बपति उद्योगी बिनोद चौधरीको आत्मकथा हिन्दीमा प्रकाशन भएको छ । आफनै संघर्षले संसारका अर्बपतिहरुको सूचिमा पर्न सफल नेपाली उद्यमी चौधरीको आत्मकथा नेपाली , हिन्दी , अंग्रेजि, रसिया र सर्बियन भाषामा प्रकाशन भैसकेको छ ।
 
उनका आत्मकथा पढने जेकोहि पनि उत्साहित हुने गरेका छन् ।  नेपालवाट २०३४ सालमा बिराटनगरको पशुपति मैदामिलवाट आफनै पुख्र्यौली ब्यबसायको नेतृत्व गरेर अर्बपति बन्न सफल चौधरीको व्यपार बिभिन्न देशमा फैलिदो छ ।
 
उनको आत्मकथा पछिल्लो पटक प्रदेश नम्बर २ का हरेक पुस्तक पसलमा पाइने व्यवस्था मिलाइएको छ । नेपालको सबै भन्दा धेरै बिक्री भएको पुस्तक त्यहाका पाठकलाई लक्षित गरेर प्रकासकले बजारमा लगेका हुन् । अत्यन्त उत्साहजनक र पढनथालेपछि छोडनै मन नलाग्ने पुस्तक हरेककालागि उपयोगि रहेको प्रबुद्ध पाठकहरुको प्रतिकृया रहेको छ ।

प्रदेश नम्बर २ को वीरगंज, जनकपुर , कलैया , गौर , जलेश्वर , लाहान , राजबिराज , चन्द्रनिगाहपुर लगायतका बजारमा रहेका मुख्य पुस्तक पसलमा आत्मकथा बिक्रीको ब्यबस्था मिलाइएको छ । हिन्दी भाषिहरुको बाहुल्यता रहेको प्रदेश २ मा त्यहाका पाठकलाई लक्षित गरेर पुस्तक बजारमा लगिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ