arrow

चौधरी ग्रुपले काजकस्तानबाट वाइवाइ चाउचाउ उत्पादन गर्ने 

logo
प्रकाशित २०७५ मंसिर ९ आइतबार
wai-wai.jpg

काठमाडौं । चौधरी ग्रुपले काजाकस्तानको चाउचाउ उत्पादन केन्द्र खरिद गरेको  छ । मध्य एसियामा आफ्नो व्यापार विस्तारको लागि चौधरी ग्रुपले १ करोड ५० लाख डलरबराबरको रकममा सो केन्द्र खरिद गरेको हो । काजाकस्तानमा नयाँ उत्पादन खरिद गरेसँगै चौधरी ग्रुपको समग्र चाउचाउ उत्पादन केन्द्र १८ पुगेको छ । जसमध्ये ९ वटा भारतमा रहेको छ । 

सीजी फुड्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले अहिलेको नयाँ केन्द्रले मध्य एसियाका बजारहरुमा व्यापार विस्तारको लागि सहयोग पुग्ने बताए । उनले मध्य एसियाका मानिसहरुको मन पनि वाइवाइले जित्ने विश्वास व्यक्त गरे । वाइवाइले भारतीय बजारमार तयारी चाउचाउको २८ प्रतिशतको हिस्सा आगट्ने गरेको छ । 

वार्षिक व्यापार २ अर्ब २० करोड डलरको हुने गरेको छ  । यसले विश्वको चाउचाउको बजारमा २ प्रतिशतको हिस्सा ओगट्ने गरेको छ । 

सीजी फ्डुसका विश्व बजार प्रमुख जीपी शाहले मध्य एसियामा भारतमा भन्दा पनि बढी प्रतिव्यक्ति चाउचाउ खपत बढी रहेको बताए । उनले अबको केही महिनामा व्यावसायिक हिसाबमा उल्लेख्य उत्पादन गरिने बताएका छन् । सन् २०१७ मा सर्वियामा पनि चौधरी ग्रुपले नयाँ प्लान्ट खोल्ने निर्णय गरेको थियो । 

३० मुलुकहरुमा अहिले चौधरी ग्रुपका ७६ ब्राण्डहरु उत्पादन भइरहेका छन् र १२२ कम्पनीहरु स्वामित्वमा रहेका छन् भने १० हजार कर्मचारीहरु काम गरिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ