कमल थापाको आक्रोश : 'मर्यादा विपरित धर्म प्रचारको लागि जनतालाई सास्ती'
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
231
Shares
काठमाडौं । राप्रपाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले सरकारको सरकारले लागू गराएको जोर विजोर प्रणाली र विदेशी पाहुनालाई स्वागत गरेको शैली प्रति भत्र्सना गरेका छन् । पूर्व उपप्रधानमन्त्री थापाले बिहीबार आफ्नो आधिकारिक ट्वीटर मार्फत् उनले सरकारको पाहुना स्वागत गर्ने शैली र जनतालाई सास्ती दिनेगरी गरेको निर्णयको भत्र्सना गरेका हुन् ।
नेता थापाले ट्वीटरमा लेखेका छन् 'धर्मप्रचारक संस्थाद्वारा आयोजित विवादास्पद भेलामा सहभागी पाहुनाहरुलाई जुन तहबाट राजकीय सम्मान र स्वागत अर्पण गरिएको छ,त्यो अवान्छित छ। प्रचलित कूटनीतिक मान्यता अनुकूल पनि भएन । स्वागत हुनुपर्छ तर मर्यादा विपरित होईन। जनतालाई सास्तिदिने जोरबिजोर प्रणाली गलत र अनाबश्यक छ। यो ज्यादतीको भर्त्सना गर्दछु ।'
एशिया फाण्डेसन नामक विवादित संस्थाले आयोजना गरेको कार्यक्रमका लागि सरकारले राजधानीबासीलाई सास्ती हुने गरी ४ दिन जोर विजोर प्रणालीको लागू गरेको छ । सो कार्यको चौतर्फी विरोध हुँदै आएको छ ।
सरकारले यो नियमा लागू गरेको भएपनि सडकमा सार्वजनिक यातायातहरु बाहेक जोर नम्बरका सवारी साधन पर्याप्त मात्रामा चलिहरका छन् । यस कार्यको सामाजिक सञ्जालमा पनि व्यापक विरोध भईरहेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ र १५ गते बिजोर र मङ्सिर १४ तथा १६ गते जोर अङ्कका सवारीसाधन सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक सूचना जारी गरी जानकारी दिएको छ ।
यही मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौँमा हुने एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुने कार्यक्रम छ । युनिभर्सल पिस फेडेरेसनको नामबाट १६ मंसिरमा काठमाडौंमा आयोजना हुने भनिएको जिससकी छोरीको घोषणा गर्ने भनिएको कार्याक्रममा सरकार नै सहआयोजक बसेको छ । सरकारसँग सो कार्यक्रम आयोजकले ३१ करोड रुपैयाँ माग गरेको स्रोतले जनाएको छ ।