arrow

चौधरीको वाईवाई प्लान्ट इजिप्टमा पनि बन्दै

logo
प्रकाशित २०७५ मंसिर २३ आइतबार
chaudhari_waiwai.jpg

काठमाडौं । चौधरी ग्रुपले इजिप्टमा पनि चाउचाउ उत्पादन सुरु गर्ने भएको छ । अहिले नेपाल, भारत लगायत विभिन्न देशमा चाउचाउ उत्पादन गरिरहेको ग्रुपले इजिप्टको कायरोमा पनि उद्योग खोल्ने तयारी गरेको हो ।

ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपाल र भारतमा बाहेक वाइवाइको चौथो प्लान्ट रहेको बताए । उनका अनुसार अहिले प्लान्टका लागि भौतिक कार्यहरु निर्माणको तयारीमा छन् । 

चौधरी ग्रुपले यसअघि काजकिस्तानको चाउचाउ उत्पादन केन्द्र पनि खरिद गरेको छ । मध्य एसियामा आफ्नो व्यापार विस्तारको लागि चौधरी ग्रुपले १ करोड ५० लाख डलरबराबरको रकममा सो केन्द्र खरिद गरेको हो । काजाकस्तानमा नयाँ उत्पादन खरिद गरेसँगै चौधरी ग्रुपको समग्र चाउचाउ उत्पादन केन्द्र १८ पुगेको छ । जसमध्ये ९ वटा भारतमा रहेको छ । 

सीजी फुड्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले अहिलेको नयाँ केन्द्रले मध्य एसियाका बजारहरुमा व्यापार विस्तारको लागि सहयोग पुग्ने बताए । उनले मध्य एसियाका मानिसहरुको मन पनि वाइवाइले जित्ने विश्वास व्यक्त गरे ।

वाइवाइले भारतीय बजारमार तयारी चाउचाउको २८ प्रतिशतको हिस्सा आगट्ने गरेको छ । वार्षिक व्यापार २ अर्ब २० करोड डलरको हुने गरेको छ  । यसले विश्वको चाउचाउको बजारमा २ प्रतिशतको हिस्सा ओगट्ने गरेको छ । 

सीजी फ्डुसका विश्व बजार प्रमुख जीपी शाहले मध्य एसियामा भारतमा भन्दा पनि बढी प्रतिव्यक्ति चाउचाउ खपत बढी रहेको बताए । उनले अबको केही महिनामा व्यवसायिक हिसाबमा उल्लेख्य उत्पादन गरिने बताएका छन् ।

सन् २०१७ मा सर्वियामा पनि चौधरी ग्रुपले नयाँ प्लान्ट खोल्ने निर्णय गरेको थियो । ३० मुलुकहरुमा अहिले चौधरी ग्रुपका ७६ ब्राण्डहरु उत्पादन भइरहेका छन् र १२२ कम्पनीहरु स्वामित्वमा रहेका छन् भने १० हजार कर्मचारीहरु काम गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ