arrow

चौधरी ग्रुपको होटल 'भिभान्ता काठमाडौं' सञ्चालनमा

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
हह.jpg

काठमाडौं। चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुर स्थित झम्सिखेलमा 'भिभान्ता काठमाडौं’ होटल माघ ३ गतेदेखि  पूर्णरूपमा संचालनमा आएको छ । दक्षिण एसियाकै ठूलो र नमुना हस्पिटालिटी कम्पनी र विख्यात ताज ब्रान्डका रुपमा परिचित  इन्डियन होटेल्स कम्पनी लिमिटेडले 'भिभान्ता काठमाडौं' को व्यवस्थापन सम्हालेको छ । 

चितवन राष्ट्रिय निकुञ्जमा सीजी हस्पिटालिटीद्वारा सञ्चालित चित्ताकर्षक रिसोर्ट मेघौली सेराई पछि आईएचसीएलले व्यवस्थापन गर्ने 'भिभान्ता काठमाडौं' दोस्रो परियोजना रहेको कम्पनीले जनाएको छ। 

कार्यक्रममा बोल्दै सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले नेपालको पर्यटन प्रवद्र्धनमा भिभान्ताले निरन्तर रूपमा भूमिका खेल्ने विश्वास व्यक्त गर्दै दुई दशकपछि ताजलाई काठमाडौंमा ल्याउन पाएकोमा  गौरवान्वित भएको बताए। 

आकर्षक कलाकृतिले भरिपूर्ण भिभान्ता काठमाडौंमा ११० वटा कोठा रहेको छन् । विशेषगरी एसियाली  स्वादमा रमाउनेका लागि भिभान्ता राम्रो रोजाई हुने कम्पनीको दाबी रहेको छ।

होटलमा  रुफटप बारसँगै 'कोको' को ‘बिस्त्रो–स्टाइल’ र 'मिन्ट'को स्थानीय नेवारी स्वादका साथै व्यायामशाला, स्विमिङपुल र स्पाको सुविधा पनि उपलब्ध हुनेछ, जसले यो क्षेत्रका मौलिक सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई जीवन्त राख्ने बताएको छ। 
Image may contain: sky, skyscraper, cloud and outdoor

Image may contain: bedroom and indoor

Image may contain: sky, skyscraper, cloud and outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ