arrow

प्रधानमन्त्री ओलीद्वारा जम्मु कश्मिरमा भएको आतंकवादी हमलाको निन्दा

logo
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
oli-modi.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारत प्रशासित जम्मू काश्मिरमा बिहीबार भएको आतंकवादी हमलामा मृत्यु भएका भारतीय सुरक्षाकर्मीहरुप्रति समवेदना व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीले बिहीबार राति अवेर ट्वीट गरी आफूले टेलिफोन गरी मोदीलाई भारतीय नागरिकहरुको मृत्युप्रति समवेदना ब्यक्त गरेको जानकारी सार्वजनिक गरेका हुन् । उनले मृतकहरुलाई श्रद्धाञ्जली दिँदै सो आंतकवादी हमलाको घोर भत्र्सना पनि गरेका छन् । 

परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति जारी उक्त घटनाको भत्र्सना गरेको छ । उक्त हमलाका जम्मु काश्मिरमा खटिएका कम्तीमा ४० प्रहरी जवानको मृत्यु भएको छ भने दर्जनौं घाइते छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ