arrow

पर्यटनमन्त्री अधिकारीको निधनप्रति उद्योगी चौधरीद्वारा दुख व्यक्त

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
binod-chaudary.jpg

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीको ताप्लेजुङको हेलिकप्टर दूर्घटनामा ज्यान गएकोप्रति नेपाली काँग्रेसका सांसद समेत रहेका उद्योगी विनोद चौधरीले दुख व्यक्त गरेका छन् । बुधबार ताप्लेजुङको पाथिभरा दर्शन गरेर फर्किने क्रममा अधिकारी सहित ७ जनाको ज्यान गएको छ। 

उद्योगी चौधरीले ट्वीट गर्दै भनेका छन् 'ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, व्यवसायी मित्र आङछिरिङ शेर्पा सहित सात जनाको निधनले अत्यन्तै मर्माहत बनाएको छ । सम्पूर्ण दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली ! दु:खको यस घडीमा परिवारजनलाई सहन सक्ने शक्ति प्रदान गरून् भनी ईश्वरसँग प्रार्थना गर्दछु।'

पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित एयर डायनेस्टिक हेलिकोप्टरमा सवार ७ जनाको मृत्यु भएको छ। ताप्लेजुङबाट फर्कने क्रममा पर्यटनमन्त्री अधिकारी सवार एयर डायनेस्टिक हेलिकोप्टर दूर्घटना भएको हो ।

हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित आङछिरिङ शेर्पा अध्यक्ष यति एयरलाइन्स, वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण, अर्जुनकुमार घिमिरे मन्त्री अधिकारीका पिएसो, युवराज दाहाल प्रधानमन्त्री कार्यालयका सल्लाहकार, धुब्रदास भोछिभया इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण र हेलिकप्टर क्याप्टेन प्रभाकर केसी रहेका थिए ।

ताप्लेजुङको पाथिभराबाट फर्कने क्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर पाथिभरा मन्दिरको देब्रेपट्टिको भीरमा दूर्घटना भएको पुष्टि भएको छ । अहिले त्यहाँ झण्डै ४० जना जति स्थानीय र आधा दर्जन जति प्रहरी घटनास्थलमा पुगिसकेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ