arrow

चौधरी ग्रुपले नेपालका लागि बिल्कुलै नौलो सेवा दिँदै, ‘सीजी लाइफसेल’ सञ्चालन गर्ने  

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
chaudhary-group.jpg

काठमाडौं । चौधरी ग्रुपले नेपालमा सीजी लाइफसेल सञ्चालन गर्ने भएको छ।  टर्किको मोबाइल फोन कम्पनी टर्कसेलसँग मिलेर चौधरी ग्रुपले नेपालमा सीजी लाइफसेल सञ्चालन गर्ने भएको हो । 

स्पेनको बार्सिलोनामा सञ्चालन भइरहेको मोबाइल विश्व सम्मेलन २०१९ का क्रममा सीजीले टर्कसलेसंग सम्झौतापत्रमा हस्ताक्षर गरेको ग्रुपका अध्यक्ष तथा प्रमुख विनोद चौधरीले जानकारी दिएका छन् । 

सम्मेलनमा पुगेका सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा उक्त सम्झौता भएको हो।

चौधरीले सामाजिक सञ्जाल ट्वीटरमा सूचना ट्वीट गर्दै सीजी लाइफ सेलका लागि टर्कसेल र चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेसँगको सहकार्य गरिन लागेको बताए । 

नेपालका लागि बिल्कुलै नौलो सेवा 
सीजी लाइफसेल नेपालका लागि बिल्कुलै नौलो सेवा हो । यो इन्टरनेटमा आधारित दूरसञ्चार सेवा प्रदान गर्ने प्रविधि हो । 

यसलाई डिजिटल अपरेटर पनि भनिन्छ। इन्टरनेटकै माध्यमबाट सेवाप्रदायक संस्थाले टेलिफोन सेवा समेत प्रदान गर्न सक्ने हुनाले बदलिँदो डिजिटल विश्वमा यसको विशेष महत्व रहने दावी चौधरी ग्रुपको छ । 

सीजी लाइफसेलका सेवाहरु सबै डिजिटल प्रविधिमा आधारित हुनेछन् । जसअन्तर्गत मोबाइल इन्टरनेट, म्युजिक स्ट्रिमिङ, भिडियो, स्पोर्टस, टिभी, स्टोरेज, अनलाइन म्यागजिन, अनलाइन पेमेन्ट, सोसियल मिडिया प्याकलगायतका सेवा हाल लाइफसेलले प्रदान गरिरहेको छ। लाइफसेल टर्कसेलकै मातहत रहेको कम्पनी हो।

यो सवाबाट अझै सस्तो दरमा उपभोक्ताले इन्टरनेट प्रयोग गर्न पाउने आशा चौधरी ग्रुपले देखाएको छ । 

Despite everything the ball is very much on the move! For cg life cell!! pic.twitter.com/TN4iUg9nMW

— Binod Chaudhary (@BinodKChaudhary) February 25, 2019

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ